काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
शुक्रबार सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले उकालाे लागेकाे हाे। तीन दिनमामात्रै सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो।