काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगितामा नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।
मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सुरु भएको विश्वकपको यात्रा तय गर्न सफल भएको हो । नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड पनि रहेका छन् ।






















