धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाइयाे

स्थानीयको अवरोध

काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ ।
काठमाडौं महानगरपालिका–७ स्थित भवन भत्काउन शुरु गरिएको हाे ।

वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको जानकारी गराएका थिए । त्यसपछि डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।

चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काइएकाे हाे । संरचनामा अवस्थित विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here