काठमाडौं । आइतबार रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायत पश्चिम तराईमा बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ।
पश्चिमी वायुको प्रभावले पश्चिम तराईका जिल्लाहरूमा हुस्सु, कुहिरो र शितलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पुसकाे १५ देखि अन्तिम सातासम्म रूपन्देही, नवलपरासी बाक्लो हुस्सुसहित शीतलहर चल्दा जनजीवन प्रभावित भएको थियाे । चिसो बढेकाे भन्दै विद्यालयहरूमा जाडो बिदा दिएका थिए।
माघ शुरु भएपछि घाम लाग्न थालेकाेमा आजदेखि शीतलहर सुरू भएको हो।