लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको छ ।

उच्च अदालत पोखराले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो।

उच्च अदालत पोखराका न्यायाधीश राजकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो। रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको थियो ।