काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कलाई टिकटक बिन्न सघाउने बताएका छन् । मस्कले टिकटक किन्न चाहेमा आफू त्यसलाई समर्थन गर्न तयार रहेको बताएका हुन् । मङ्गलबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा यस्तो कुरा बताएका हुन् ।
राष्ट्रिय सुरक्षा चिन्ताको कारण टिकटकलाई चिनियाँ स्वामित्वको टिकटक बेच्नुपर्ने वा बन्द गर्ने भन्दै एक दिनका लागि अमेरिकामा बन्द गरिएको थियो ।
२० जनवरीमा नव निर्वाचित राष्ट्रपति ट्रम्प औपचारिक रूपमा सरकारमा आए लगत्तै एप खुलेको छ । ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कानुनको कार्यान्वयनलाई ७५ दिनसम्म पछाडि सारिदिएका छन् ।























