प्रचण्डले भने ‘देशलाई सुशासन दिन माओवादीलाई बहुमत सिट आवश्यक’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत सिट आवश्यक बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको भएपनि संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए ।

उनले आफू देश दौडाको क्रममा जनता माओवादीतिर फर्केको पाएको दाबि समत गरे ।’ माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको पाएकाे छु ‘ उनले भन ।

‘मोरङ जाँदा ६४ को झल्को देखें मैले, झापामा जाँदा पनि ६४ नै देखें मैले,’ उनले भने,’जनताले माओवादी र प्रचण्ड नै इमानदार रैछ भन्ने जनताले महसुस गरेको देख्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here