विश्व सैनिक खेलमा सीआईएसएमको सदस्यता प्राप्त गरेपछि नेपाल पहिलोपटक सहभागी हुँदै

काठमाडौं, १ कात्तिक । चीनमा हुन लागेको ७ औ विश्व सैनिक खेल प्रतियोगितामा सीआईएसएमको सदस्यता प्राप्त गरेपछि नेपाल पहिलोपटक सहभागि जनाउदै छ ।

नेपालले औपचारिक रूपमा सीआईएसएमको सदस्यता प्राप्त गरेपछि पहिलोपटक भाग लिन लागेको यस खेलमा सहभागिता हुन लागेको हो ।

विश्व सैनिक खेल प्रतियोगितामा भाग लिने नेपाली सैनिक खेलाडीहरुको टुङ्गो लागेको छ ।

१३ वटा खेलमा भाग लिने खेलाडी, प्रशिक्षक, चिकित्सक तथा अन्य सम्बद्ध पदाधिकारीहरू गरी जम्मा ६४ जना रहेका छन् ।

कुल १०५ राष्ट्रका करिब १०¸५०० भन्दा बढी सैनिक खेलाडी तथा पदाधिकारीहरूको सहभागिता रहेको यस विश्व सैनिक खेल प्रतियोगितामा २५ वटा खेल र २ वटा प्रदर्शनी हुने बताईएको छ ।

नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंहले नेतृत्व गरेका छन् ।

यस प्रतियोगितामा सहभागिताबाट नेपालको खेलकूदको विकास गर्न, नेपाली सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध अभिवृद्धि गर्न र भविष्यमा नेपालमा यस प्रकारको खेलकूदको आयोजना गर्नसक्ने व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने अपेक्षा रहेको सेनाले बताएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले चीनको उहानमा आयोजना हुन गइरहेको ७ औ विश्व सैनिक खेलमा सहभागी हुने नेपाली सेनाका खेलाडीहरूलाई उच्च मनोबलका साथ नेपाल र नेपालीको प्रतिष्ठा उच्च राख्ने गरी सहभागी हुन निर्देशन दिएका छन् ।

शुक्रवार बिहान उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाका खेलाडीहरू बसेको ठाउँ भ्रमण गर्दै उनीहरूसँग भेटघाट तथा संवाद गरी सो निर्देशन दिएका हुन् ।

त्यसक्रममा खेलाडी तथा प्रशिक्षकहरूसमक्ष संक्षिप्त मन्तव्य राख्दै उपप्रधानमन्त्रीले नेपालले निकै मिहिनेतका साथ औपचारिक रूपमा सीआईएसएमको सदस्यता प्राप्त गरेपछि पहिलोपटक भाग लिन लागेको यस खेलमा सहभागिता नेपालको लागि निकै महत्त्वपूर्ण रहेको कुरा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here