काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला १ हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।