आरविवि मर्चेन्टको सीइओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

काठमाडौं, १ कात्तिक । आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।

आरविवि मर्चेन्टले कात्तिक १ गतेबाट लागु हुने गरी चार वर्षको लागि प्याकुरेललाई नियुक्त गरेको हो ।

प्याकुरेलले आजै एक समारोहका बीच पदबहाली सम्हालेका छन् । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ ।

प्याकुरेल यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका थिए । आरविवि मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ। त्यस कारण दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना रहेको नवनियुक्त सीइओ प्याकुरेलले बताए।

हाल २० करोड चुक्तापूँजी रहेको आरविवि मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी हो।यसअघि डा. रमेश कुमार भण्डारी आरविवि मर्चेन्ट बैंंकिङ्गको प्रमुख कार्यकारी अधिकृत रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here