काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुला भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई मात्र आइपीओ खुला गरिएको कम्पनीले जनाएको छ ।
सर्वसाधारण समूहमा २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको तयारीमा कम्पनी छ । यसको १० प्रतिशत अर्थातः २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन भएको हो ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
माघ २९ गतेसम्म आवेदन दिने म्याद राखिएको छ । इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ ।
गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।


























