सबै परिसूचक बढ्दा सेयर बजारमा हरियाली

नेप्से २४.५० अंककाे वृद्धि

काठमाडौं । मंगलबार परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो ।

सेयर बजारका सबै सूचक बढेका छन् । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढेका छन् ।

आज ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै सिन्धु विकास बैंकको ९.४७, मितेरीको ८.८३, ग्रीन ८.१९ र एक्सल डेभलपमेन्ट बैंकको ७.६३ प्रतिशत मूल्य बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here