अमेरिकामा निष्कासनमा परेका आप्रवासीहरुको संख्या सार्वजनिक

१ हजार ३६५ जना नेपाली सूचीमा

काठमाडौं । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया अनुसार आप्रवासीहरुको संख्या सार्वजनिक गरेकाे छ।

अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको हाे । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि आप्रवासीलाई घर फर्काउने अभियानलाई तिब्रता दिएको हो ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन् । त्यस्तै छिमेकि मुलुक चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

अमेरिकाबाट फर्काइनेमा सबैभन्दा धेरै होन्डुरसकाे २ लाख ६१ हजार ६५१ जना छन्। त्यस्तै ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here