‘शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको हाे’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताए ।
राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।

प्रधानमन्त्री ओलीले शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको बताए ।

साथै यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जानकारी दिए । उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताए ।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

उनले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् । साथै शहीदले देखाएको मार्गमा सँधै अविचलित रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here