स्थायी बसोबासलाई देश छाड्ने नेपाली ६६ हजार ८३५, घटे की बढे ?

काठमाडौं । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् ।

एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् । जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ ।

सबैभन्दा धेरै संख्या भने कामको खोजिमा विदेशिनेको रहेको छ । स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।

यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ ।

विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।

अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यूएन मिसनमा ५ हजार ८४७ जना विदेशिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here