एकैदिन १९ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउ उकालाे लागेकाे छ । सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १ हजार८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार नौ सय ३० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।