सेयर बजारको ओरालो , घट्यो कारोबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । यससँगै नेप्से २७१५ अंकमा झरेर बजार बन्द भएको छ ।
आज कारोबारमा पनि कमि आएको छ। अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडकाे मात्रै काराेबार भएको हाे।

आज ७१ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ९ को स्थिर रह्यो ।

विकास बैंक सबैभन्दा धेरै २.६ प्रतिशत घटेकाे छ। त्यस्तै बैंक ०.५७, फाइनान्स १.७०, होटल तथा पर्यटन १.७९, लगानी ०.५०, जीवन बीमा ०.२४, उत्पादन १.१३, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.५७ र व्यापार ०.५२ प्रतिशत घटेकाे हाे। यता हाइड्रोपावर ०.१५ र अन्य समूह ०.४३ प्रतिशत बढेका छन्।

जोशी हाइड्रोपावरको १० प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ८.३०, मध्यभोटेकोशीको ८.२५, न्यादी हाइड्रोपावरको ८.१९, उपकार लघुवित्तको ८.१२, कालिका पावरको ८.०५, हिमालय ऊर्जा विकासको ६.३७, खानीखोला हाइड्रोपावरको ५.५३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट, सिन्धु र सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here