एआई प्रयोग गरेर देविदेवताको तस्विर नबनाउन आग्रह

काठमाडौं । पुरातत्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधि एआईबाट धार्मिक आस्थाविपरीत देविदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।

विभागले एक सूचना जारी गर्दै धार्मिक सम्पदाहरुको मूल्य मान्यतामा गम्भीर असर पर्ने गरी टिकटक, सामाजिक सञ्जालमा देवीदेवताको तस्बीर एआई प्रविधि प्रयोग नगर्न भनेको हो । यसरी धार्मिक आस्था माथि ठेस पुर्‍याउने खालका फोटो तथा भिडियो बनाएर पोस्ट नगर्न अपलि गरेको छ।

धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाले सिंगारिएको देश भएपनि नेपालमा पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट उच्छृंखल काम भइरहेको प्रति विभागले ध्यानाकर्षण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here