हमासले गर्याे ३ इजरायली बन्धक रिहा

काठमाडौं । हमासले शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ। समाचार संस्था एपीका अनुसार युद्धविराम सम्झौताअनुसार बन्धकहरू एली शराबी (५२), ओहद बेन अमी (५६) र ओर लेभी (३४) लाई रिहा गरेकाे हाे।

हमासले यी तीनै बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाएको हो। रेडक्रसले उनीहरूलाई गाजाबाट इजरायल लैजानेछ।

बन्धकहरू इजरायल पुगेपछि इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। हालसम्म १६ इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिएको छ। ७ अक्टोबर २०२३ मा हमासका हजारौं लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए ।

सो आक्रमणमा २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here