प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आज नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गरिने कार्यसूची छ।

आजै गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन्। गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। नेपाल प्रहरी विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ गर्ने कार्यसूची राखिएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री पौडेलले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। विधायन विधेयक, २०८० सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने पनि आजको बैठकमा कार्यसूची छ।

सरकारले यसबीचमा जारी गरेका अध्यादेश पारित गर्ने कार्यसूची भने आजको बैठकमा राखिएको छैन। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here