काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यता आज चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।