काठमाडौं। धादिङमा आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।
बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।