काठमाडौं । सोमबार नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो ।
आज परिसुचकसङ्गै कारोबारमा पनि कमि आएकाे छ। आइतबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भएकाे हाे । ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो ।
आज कारोबारमा आएका दुई सेक्टर अन्य र व्यापार सेक्टरबाहेक सबै घटे । अन्य ०.२३ र व्यापार ०.१० प्रतिशत बढेकाे हाे । यता बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.७६, लगानी ०.४५, जीवन बीमा ०.६१, उत्पादन २.०७, माइक्रोफाइनान्स ०.२७ प्रतिशत घटे । निर्जीवन बीमा भने स्थिर रहेकाे छ।
न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।