सामान्य उकालाे लाग्याे नेप्से

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ ।

परिसूचक संगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भएकाे हाे ।

१३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो । आज बिशेषगरि विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशत बढेका छन्।

त्यस्तै बीमा ०.४८ प्रतिशत बढ्यो । यता बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटेका छन् ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । रसुवागढी हाइड्रोपावरको ९.३ तथा बाराही हाइड्रोको ४.८ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here