चिनियाँ अभिनेत्री छिङ भिजिट नेपाल २०२० की सद्भावना दूत

काठमाडौं,२ कात्तिक । चर्चित चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० की सद्भावना दूत बनेकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईलेको उपस्थितीमा अभिनेत्री छिङलाई नेपाल भ्रमण वर्षको सचिवालयले शनिवार औपचारिक कार्यक्रम गरी सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मन्त्री भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।

सी छिङलाई ‘मावलीमा स्वागत छ’ भन्दै स्वागत गरिएकोे थियो । सद्भावना दूत घोषणापछि बोल्दै अभिनेत्री सी छिङ ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध भएको र बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी भएको प्रतिक्रिया दिईन् ।

नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङसंग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिएक थिए । मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा , ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here