काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा परेको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ वायुको स्वच्छता सूचकांक० १८३ पुगेको छ ।
आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा १ नम्बर सूचीमा छ । त्यस्तै चीनको वुहान तेश्रो स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ । पोर्टलका अनुसार बुधबार बिहान ७ः५३ दाङको एक्युआइ २६०.३६ पुगेको थियो। अहिले बिहान ११ बजे पोखराको एक्युआइ २४४.२१ पुगेको थियो ।
चितवनको भरतपुरमा बिहान १०ः४३ बजे १६५.०८ पुगेको थियो ।