साताकाे अन्तिम काराेबारकाे दिन ७.२६ अंकले घटेर बन्द भयाे नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ ।

बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोड रुपैयाँकाे काराेबार भएको हाे ।

७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रहेकाे
छ। आज फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढेकाे हाे।त्यस्तै लगानी ०.५२ र माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढेका छन्। अरु सबै सेक्टर घटेका छन् ।

बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ ।

न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here