अदानी ग्रुपको १ अर्ब डलरको परियोजना श्रीलंकाबाट फिर्ता, यस्तो छ कारण

कोलम्बो । भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।

बिहीबार कम्पनीले एक बयान जारी गर्दै योजनाबाट पछि हटेको बताएको हो । जरुरी अनुमति पाइसकेको भए पनि यो कम्पनीले श्रीलंकामा वातावरणीय प्रभाव सम्बन्धी अनुमति पाउन ढिला भएको थियो ।

साथै यो मामला श्रीलंकाको अदालतसम्म पुगेको अवस्था समेत थियो । कम्पनीले श्रीलंकाको सम्प्रभुता र फैसलाको सम्मान गर्दै यो परियोजना फिर्ता लैजाने घोषणा गरिएको ग्रुपले उल्लेख गरेको छ ।
यी हुन् विश्वका अर्बपतिहरु, विनोद चौधरी १७६४ औं स्थानमा (सूचीसहित)

यो परियोजनाबाट ४८४ मेगावाट बिजुली निकाल्ने योजना थियो । मन्नार र पुनेरिनमा यस्तो योजना बनाउने तयारी थियो । साथै २२० केभि र ४ सय केभि प्रसारण लाइन बिस्तारको योजना समेत रहेको थियो ।

अघिल्लो वर्ष श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएसँगै यो परियोजना जाँचको घेरामा आएको थियो । उनले चुनावी अभियानका दौरान आयोजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here