काठमाडौं । आइतबार नेप्से १९.५६ अंकले बढेर २७ सय अंक नजिक पुगेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । परिसूचक सङै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो ।
१७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रहेका छन्। फाइनान्स सेक्टरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ ।
आज बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत बढेका छन्। यता निर्जीवन बीमा १.२८ प्रतिशत घटेकाे छ।
६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
त्यस्तै न्यादी हाइड्रोपावरको १० प्रतिशत घटेकाे छ। त्यस्तै एलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत घटेकाे बताइएकाे हाे।