अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजबाट, इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । आजबाट काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले इतिहासमै पहिलो पटक चार राष्ट्रलाई निम्त्याएर राष्ट्रिय महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

च्याम्पियनसिपलाई आउँदो एएफसी एसियन कप र फिफा महिला विश्वकपको लागि मुख्य तयारीको रूपमा लिइएको छ।

नेपाली महिला टोलीले लामो समयदेखि फाइनलमा पुगेर उपाधि गुमाउने गरेको दुर्भाग्य तोड्ने अवसर यस पटक रहेको छ ।

फिफा अन्तर्राष्ट्रिय क्यालेन्डरमा पारेर किर्गिस्तान, म्यानमार र लेबननलाई निम्त्याइएको प्रतियोगिताको नतिजाले महिला टोलीको वरीयता सुधारमा समेत ठूलो भूमिका खेल्ने छ ।

महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

फागुन ५ देखि १४ सम्म हुने च्याम्पियनसिप राउन्ड रोविन लिगको आधारमा खेलाउन लागिएको हो। प्रत्येक टोलीले एकअर्का सँग एक–एक खेल खेल्नेछ र त्यसका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। आज नेपाल र कीर्तिस्तान भिड्नेछन् ।

चार देशीय च्याम्पियनसिप खेल्ने टोलीमा म्यानमार बलियो टोली छ । उक्त टोली फिफा वरीयतामा ५५ औँ स्थानमा छ।

म्यानमार बाहेक किर्गिस्तान र लेबनान भने फिफा वरीयतामा नेपालभन्दा पछाडि छन्। फिफा वरीयतामा नेपाल १०३ औँ स्थानमा छ भने किर्गिस्तान १२८ औँ तथा लेबनन १३४ औँ स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here