राष्ट्रपति म्यानमारबाटै जापान जाने

फाइल तस्वीर

काठमाडौं, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र सङ्घको राजकीय भ्रमण पुरा गरी आइतबार जापान प्रस्थान गर्ने भएकी छिन् ।

म्यानमारबाटै जापान जार्ने कार्यक्रम तय भएको छ । म्यानमारका राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा उनले म्यानमारको ५ दिने राजकीय भ्रमण पूरा गरेकी हुन् । उनी असोज २९ गते म्यानमार पुगेकी हुन्।

राष्ट्रपति भण्डारीले आइतबारदेखि कात्तिक ५ सम्म जापान भ्रमण गर्ने भएकी छ्नि । भण्डारीहितको टोली म्यानमारबाटै जापान प्रस्थान गर्नेछ।राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी हुनेछन् ।

म्यानमार भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच राजधानी नेपितमा भेटवार्ता भएको थियो। राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुची र कमान्डर इन चिफले पनि भेट गरेका थिए।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीको उपस्थितिमा म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो। राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम९रत्न पत्थर आदि सङ्ग्रहालय०को अवलोकन गरेको थियो।

त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदीको सहर बगानको भ्रमण, पुरानो राजधानी याङ्गुनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन गर्ने कार्यक्रम समेत सम्पन्न भएको थियो।

याङ्गुनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गरेको थियो, जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिनेछ।

श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरिन्। राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यानमार नेपाल मैत्री सङ्घ र म्यानमार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको थियो।

नेपालका लागि म्यानमारका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए। राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ।

जापान जाने टोलीमा गृह मन्त्री रामबहादुर थापासमेत सामेल हुनेछन्।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here