काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १२ दशमलव ६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७४० मा कायम भएको छ ।
बजारको परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको कारोबार भएको हो ।
आज कारोबारमा आएका ८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रहेको छ । यस दिन अन्य समूह सबैभन्दा धेरै ३ दशमलव ६७ प्रतिशत बढ्यो ।
यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६ दशमलब८ र ४ दशमलब ३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो । साथै सो सेक्टरका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि बढ्यो ।
बैंकिङ ० दशमलव २२, लगानी १ दशमलव २४, जीवन बीमा १ शमलव ७४, निर्जीवन बीमा ० दशमलव३० र व्यापार समूह ० दशमलव ४१ प्रतिशत बढेका छन्। विकास बैंक सेक्टर सबैभन्दा धेरै १ दशमलव ७४ प्रतिशत घट्यो । फाइनान्स १दशमलव ५, होटल तथा पर्यटन १दशमलब ०४, हाइड्रोपावर ०दशमलब १३, उत्पादन ०दशमलव ०६, माइक्रोफाइनान्स ०दशमलब ७९ प्रतिशत घटे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् ।
यता सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो ।