काठमाडौं, ३ कात्तिक । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ । मौसम बदली भएसँगै दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको जनाईएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सोमबार
दिउँसो : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
राति : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
मंगलबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ।मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।