काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
अर्थ मन्त्रालयका अनुसार सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको थियाे । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।
सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिन अर्थात ३ महिनाका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।