‘भिजिट नेपाल २०२०’ को नक्कली पेजको बिगबिगी,कसरी चिन्ने आधिकारीक लोगो ?

काठमाडौं, ३ कात्तिक । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम संचालनमा आईसकेको छ ।

भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको वेबसाईट तथा सामाजिक संजालका ह्यान्डलहरु सार्वजनिक भएसँगै नक्कली पेजको भने बिगबिगी पाईएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यसको व्यापक दुरुपयोग भएको पाइएको छ ।

आवश्यक परेको सूचना खोज्नको लागि पेजको खोजि गर्दा कुनचाँही आधिकारिक फेसबुक पेज हो, कुनचाँही नक्कली पेज हो छुट्टाउँनै मुस्किल देखिन्छ । आधिकारिक पेज भन्दा नक्कली पेजहरु बढि सक्रियरुपमा देखिन थालेका छन् ।

visit nepal 2020 को पेज सर्च गर्दा एक दर्जनभन्दा धेरै पेजहरु देखिन्छ, सबैले एउटै लोगो प्रयोग गरेको भएपछि सामाजिक सञ्चालनमा भने कसरी लाईक बढी हुहुन्छ भनेर आ-आफ्ना हिसबले चलाएको देख्न सकिन्छ ।

नक्कली पेजहरुले गुगल सर्चवाट तथा आधिकारिक पेजमा राखिएको फोटो राख्दै प्रचार प्रसार गर्दै आईरहेका छन् । एक हिसाबले त्यो पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रचार नै भएपनि नक्कली पेजले अनेक तरिकाले प्रचार गर्दा आधिकारिक सूचना पाउनवाट वञ्चित हुने देखिन्छ ।

यी हुन् भ्रमण वर्षका आधिकारिक सामाजिक सञ्जाल

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन।

त्यसैगरी सामाजिक संजालका ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन्।

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पर्यटन वर्षले लिएको छ । भ्रमण वर्षको उद्देश्य पुरा गर्न पर्यटकलाई अधिकतम् मनोरञ्जन, सुरक्षित यात्रा, गुणस्तरीय खाना र मनोरम दृष्य अवलोकन गराउने सरकारले संकल्प लिएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लोगो’bout भ्रममा नपर्न समेत नेपाल भ्रमण वर्ष सचिवालयले स्पष्ट पारेको छ । त्यसो भए, अफिसियल लोगो कसरी चिन्ने ?

नेपाल भ्रमण वर्षको आधिकारिक लोगो चिन्ने केही तरिकाहरु…

१) लोगोमा माछापुच्छ्रे (वाया) तथा सगरमाथा (दाया) हिमाल देखाइएको छ ।
२) भिजिट नेपाल लेखिएको अक्षरको अन्तिममा नेपालको झण्डा राखिएको छ ।
३) भिजिट र नेपालको बीचमा एक युवाले झन्डा उचालिरहनुभएको छ । जसले टोपी पहिरिनुभएको छ । जुन व्यक्ति सामाजिक सञ्जालमा दुरुपयोग गरिएझै धेरै पछाडि ढल्किनु भएको छैन् । सामान्य झण्डा बोक्दा देखिने शारिरीक गेस्चर-पोस्चर कै शैलीमा उहाँ उभिनुभएको छ ।
४) भिजिट लेखिएको अक्षर सानो र अगाडी तथा नेपाल लेखिएको अक्षर ठूलो तथा पछाडी राखिएको छ । भिजिट स्मल लेटरबाट सुरु भएको छ भने नेपाल क्यापिटल लेटरबाट सुरु गरिएको छ ।
५) भिजिट नेपाल लेखेको तल २०२० लेखिएको छ । त्यसकै बाया साइटमा लाइफ टाइम एक्सपेरियन्स रातो अक्षरले देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here