काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् ।
केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्ड धरौटीमा छुटेका हुन्दा। अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
युनिभर्सिटीमा आइतबार २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो ।