काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन् । उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् ।
केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी लिएकाे बताइएकाे छ।
परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको शंकास्पद मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेकी जानकारी दिएकी छन् ।
त्यस्तै फोन वार्ताको क्रममा मन्त्री राणाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।