महिला फुटबल : आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ ।

म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १–० गोलअन्तरले हराएको थियो ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् ।

नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो ।

म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ । आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here