अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेकाे हाे ।

दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलकाे ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हाे ।

अब नेपालले फाइनलमा म्यानमारसँग प्रतिश्पर्धा गर्नेछ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा पनि किर्गिस्तानलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो।

यसअघि आजै भएको पहिलो खेलमा किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै फाइनलमा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here