चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ । साेमबार राति ९ बजे पहिरो खसेको हो । सुक्खा पहिरोले दुईतर्फी नै सडक अवरुद्ध छ ।
पहिरो पन्छाउन थालिएको छ । साेमबार बिहान पहिराे खसेपछि सवारिकाे लाम लागेकाेमा ३ बजे सुचारु भएको थियाे।
पहिरोका कारण मुग्लिन हुँदै राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएपछि हजारौं यात्री समस्यामा परेका छन्।
