काठमाडौँ, २३ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१०मा सहभागी हुन टर्कीए तर्फ प्रस्थान गरेका छन् ।
शिखर सम्मेलनमा उहाँले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्नुहुने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।
टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन् । अर्थमन्त्री डा वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्कनेछन् ।
