११.६६ अंकले बढ्याे नेप्से,काराेबार साढे ११ कराेड

काठमाडौं । साताकाे पहिलाे काराेवारकाे दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ११.६६ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको भएकाे हाे । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ को स्थिर रह्यो ।

अन्य सेक्टर सबैभन्दा धेरै ३.७ प्रतिशत बढ्यो । त्यस्तै लगानि १.३३, उत्पादन २.७८, जीवन बीमा ०.८६, निर्जीवन बीमा ०.१३ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.४८, फाइनान्स ०.४५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.५६, माइक्रोफाइनान्स ०.६६ र व्यापार समूह १.३२ प्रतिशत घटेकाे छ।

Onlinekhabar
११ फागुन २०८१, आइतबार
NCELL

सेयर बजारको वृद्धि कायमै, साढे ११ अर्ब नाघ्यो कारोबार

0
20
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १५:१३

११ फागुन, काठमाडौं । लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।

कारोबार रकम पनि उल्लेख्य छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको भयो । बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ को स्थिर रह्यो ।

अन्य सेक्टर सबैभन्दा धेरै ३.७ प्रतिशत बढ्यो । त्यस्तै लगान ि१.३३, उत्पादन २.७८, जीवन बीमा ०.८६, निर्जीवन बीमा ०.१३ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.४८, फाइनान्स ०.४५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.५६, माइक्रोफाइनान्स ०.६६ र व्यापार समूह १.३२ प्रतिशत घटे ।

आइतबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे
छ। छ्याङ्दी हाइड्रोपावरको ८.०२, बोटलर्स नेपाल बालाजुको ७.२९, नेपाल पुनर्बीमाको ७.०५, विन नेपाल लघुवित्तको ६.३, घलेम्दी हाइड्रोपावरको ५.८ तथा हिमालयन रिको ५.१ प्रतिशत मूल्य बढेकाे
छ ।

यता रिलायन्स फाइनान्सको ७.२, उपकार लघुवित्तको ६.७, पिपुल्स हाइड्रोपावरको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here