नेप्सेमा सिइओ राख्न तीन सदस्यीय समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ।

आइतबार उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हाे।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वमा समिति गठन भएको हा। जसमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा.खोमराज खरेल छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here