प्रधानमन्त्री ओलीको अजरबैजान जाने कार्यतालिका सार्वजनिक,को-को हुँदैछन् सहभागी ?

काठमाडौं,३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ७ गते अजरबैजान जाने भएका छन् ।

कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान, असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार अजरबैजानको राजधानी बाकु प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयलले आइतबार औपचारिक रुपमा घोषणा गरेको भ्रमण तालिका अनुसार ओली २७ अक्टोबरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । कात्तिक ८ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केहि उच्च स्तरीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरु सामेल हुनेछन् ।

प्रधानमन्त्री ओलीले २६ अक्टोबरका दिन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इहाम अलियेभले आयोजना गर्ने रात्रिभोजमा २५ अक्टोबरका दिन सहभागी हुनेछन् ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका प्रतिनिधिमण्डलका नेतासँग दुईपक्षीय वार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रिस्तरीय बैठक २३ र २४ तारिखमा तथा वरिष्ठ अधिकारीहरुको बैठक २१ र २२ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here