सुनको भाउ घट्यो

काठमाडौं,३ कात्तिक । नेपाली बजारमा सुनको भाउमा घटेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा २ सयले घटेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य भने ७० हजार १ सय रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलाको सोही मूल्यमा किचबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here