काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएडका) ४२ सय कर्मचारीलाई बिदा दिएको छ । युएसएडका कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरेकाे छ। बिदा दिइएका मध्य कति कर्मचारीहरूलाई पुनः काममा फर्काइनेछ भन्ने स्पष्ट छैन।
ट्रम्प प्रशासनले सरकारी खर्च घटाउने उघेश्यसहित संघीय कर्मचारीहरूको संख्या घटाउने प्रयास गरिरहेको छ ।
अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा रोक लगाएपनि सो प्रतिबन्ध स्थायी नहुने बताएपछि ट्रम्प प्रशासनले यस्तो कदम चालेको बताइएको छ ।
युएसएड संयुक्त राज्य अमेरिका सरकारको एक स्वतन्त्र एजेन्सी हो । यो १९६१ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापित यो एजेन्सीले नागरिक वैदेशिक सहायता र विकास सहायताको प्रशासनको निरीक्षण गर्दछ । एजेन्सी हाल १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ । यस एजेन्सीले विश्वव्यापी रूपमा मानवीय संकटहरूलाई कम गर्न मद्दत गरेर प्रायः अमेरिकी विदेश नीतिलाई अगाडि बढाउने गर्दछ । २०२३ मा युएसएडले ४० बिलियन डलर बजेट खर्च गरेको थियो ।


























