काठमाडौं । ट्रम्प ले ‘फ्रड’ भनेकाे कार्यक्रमका लागि अनुदान नआएको सरकारले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि नेपाल लगायत केही देशमा अमेरिकी सहयोग नियोग यूएसएडले गरेका लगानीलाई ठगी (फ्रड) भएको बताएका थिए ।
तर, ट्रम्पले उल्लेख गरेका ती कार्यक्रम अहिले डिजाइनकै चरणमा रहेका र त्यसमा अनुदान प्राप्त भई नसकेको अर्थ मन्त्रालयले जनाएको हाे । ती कार्यक्रमको सम्झौता भई नसकेको हुँदा सहयोग प्राप्त नभएको अर्थले बताएको छ ।
‘जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन कार्यक्रम अहिले डिजाइनको क्रममा रहेकाले उक्त आदेशबाट यी कार्यक्रम समेत रोकिएको अवस्था रहेकाले तिनमा सहयोग प्राप्त भइसकेको छैन,’अर्थ मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सएआइडीको स्रोत मार्फत सरकारले सञ्चालन गरेका तीन वटा कार्यक्रम तत्कालको लागि प्रभावित भएका छन्।
युएसएआइडी (अमेरिकी सहयोग नियोग) ले ९० दिनको लागि कार्यक्रम स्थगित गर्नको लागि अर्थमन्त्रालयलाई पत्र पठाएको थियो।
‘






















