काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् । उनले बल प्रयाेग को काम रोक्न भन्दै यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जाने चेतावनी दिए।
हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाउने, प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ,’ प्रचण्डले अघि भने, त्यसलाई रोकेर वार्ता र संवादबाट त्यसलाई रोकियोस् ।
उनले पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएकोले यसमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरे ।
‘यसलाई बल प्रयोगद्वारा हल गर्ने दुस्साहस सरकारले नगरोस् उनले भने, सबैलाई मान्य हुने समझदारीको बाटो खोज्नुपर्छ ।’