श्रमिक कल्याणकारी कोषका लागि एक करोड,१० अर्व लगानी भित्राउन समिति गठन

काठमाडौं,३ कात्तिक । गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।
आइतबार बसेको बैठकले वैदेशिक रोजगारीका पीडितहरुको सहयोगका लागि स्थापित श्रमिक कल्याणकारी कोषका लागी १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् ।

कोषबाट एक निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पिडितहरुलाई सहयोग गर्दै आएको छ । पहिलो बैठकले बिभिन्न १९ वटा एजेण्डामाथि छलफल गरी यसअघि नै सुरु गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिँदै अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ।

बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

संघको निर्वाचन विद्युतिय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

यस समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् । महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौ स्थित सचिवालयलाई चुस्त बनाउन डा. हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ। आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ।

संघमा अब ५ बिभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग ९वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यवपार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन० निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ।

एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

को-को भए संरक्षक र सल्लाहकार समिति ?

पहिलो बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्यसमेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा.शेष घलेलाई चयन गरिएको छ । अन्य संरक्षकहरुमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहेका छन् । वैठकले संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । नवौँ सम्मेलनमा अध्यक्षका प्रत्यासी भएर पन्तसँग प्रतिस्पर्धा गरेका कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ । सो समितिमा सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी।बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) चयन गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here