केआईआईटीबाट फर्केका विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराउदै त्रिवि

काठमाडौं । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयबाट स्वदेश फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनको अवसर उपलब्ध गराइने भएको छ ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इचछुक विद्यार्थीहरुका लागि याे सुविधा उपलब्ध गराउने बताएको हाे।

विद्यार्थीहरूले त्रिविमा उपलब्ध सम्बन्धित कार्यक्रम तथा विषयहरूमा क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना लिन सक्ने जानकारी दिएको हो ।

यसअघि पूर्वाञ्चल विश्वविद्यालयले पनि केआईआईटीबाट फर्किएका विद्यार्थीका लागि क्रेडिट ट्रान्सफर सुविधा ल्याएको थियो ।

गत साता केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या प्रकरणपछि विश्वविद्यालयले गरेकाे अमानवीय व्यवहारका कारण अधिकांश नेपाली विद्यार्थी असुरक्षा महसुस गर्दै नेपाल फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here